Deshko News
११ आश्विन २०८०, बिहिबार

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै : पाकिस्तान



इस्लामाबाद (पाकिस्तान), माघ २७

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ ।

यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने पाकिस्तानको विदेश मामिला अध्ययन गर्ने कार्यालयका प्रवक्ता नफिज जकारियाले बताउनुभयो ।

भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गर्दै उहाँले भन्नुभयो, “भारतले छोटो दूरीमा हान्न सक्ने क्षेप्यास्त्रको एकपछि अर्को गर्दै परीक्षण गरिरहेको र यसले एसियाली मुलुकमा सुरक्षाका हिसाबले रणनीतिक सन्तुलनमा समस्या उत्पन्न हुनेछ ।”

विश्व समुदायले भारतीय यी कदमप्रति ख्याल गर्दै समग्र महादेशको सुरक्षा स्थितिप्रति संवेदनशील बनिदिन पनि उहाँले आग्रह गर्नुभयो । रासस/पीटीआई

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News