तेस्राे वरियताका चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ



काठमाडाैं, फागुन १

सरकारले तेस्राे वरियताका डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चन्दलाई आएजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति देउवाकाे ठाडाे अादेशमा एक नम्बर वरियतामा रहेका नवराज सिलवालार्इ पछि पार्दे चन्दलार्इ नियुक्त गरिएकाे हाे । त्यस्तै शसस्त्रकाे नयाँ प्रहरी महानिरिक्षकमा भने पहिलाे नम्बरकाे वरियतामा रहेकाे सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

यी दुर्इ प्रहरी महानिरीक्षक नियुक्तिमा कांग्रेस र माअाेवादीले भागबण्डा गरेका थिए । कांग्रेसले नेपाल प्रहरी र माअाेवादीले सशस्त्र प्रहरीकाे महानिरीक्षक भागवण्डा गरेका हुन् ।

दुबै प्रहरी संगठनका प्रमुखहरू भाेलिबाट अवकाश लिदैछन् ।

अहिलेसम्म काे–काे भए प्रहरी महानिरीक्षक ?

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News