आजदेखि बाथ-मुटु रोगको निशुल्क भल्व शल्यक्रिया सुरु


 


काठमाडाैं, फागुन १

आजदेखि बाथ-मुटु रोगको निशुल्क भल्व शल्यक्रिया सुरु हुँदैछ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि निशुल्क शल्यक्रिया सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुटु सम्बन्धी उपचार हुने अन्य अस्पतालमा पनि यो सेवा प्रदान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । खानपान र फेरिएको जीवनशैलिसँगै मुटुका रोगीको संख्या नेपालमा बढ्दै गएकाले उपचारलाई सहज तथा उपचार सबै नागरिकको पहुँचमा र्पुयाउन सुविधा थप गरेको स्वास्थ्यमन्त्री गगन थापाले बताए ।

ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो लगायतका लक्षण बाथ मुटु रोगको भएको डाक्टरले बताएका छन् । बाथ ज्वरोले मुटुको भल्वलाई असर गरेपछि हुने संक्रमणलाई वाथ मुटुरोग भनिन्छ । सरकारले बाथ मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निशुल्क गरेको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्