सरकारले समयमा चुनाव नगरे सरकार परिवर्तन हुन्छ – नेपाल


 


बुटवल, फागुन १

नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले समयमा चुनाव नगरे सरकार परिवर्तन हुने बताएका छन् । आज बुटवलमा प्रेस चौतारीले गरेको कार्यक्रममा उनले चुनाव गर्ने एजेण्डालाई पूरा गर्न नसक्नु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कमजोरी भएको बताए ।

राधाकृष्ण मैनालीको नलेखिएको इतिहास पुस्तकमा आफ्नो बारेमा लेखिएको प्रसंग असत्य भएको नेता नेपालले दावी गरेका छन् । ०४६ सालमा भारतीय सेना ल्याएर राजतन्त्र समाप्त गर्न माधव नेपालले एमाले बैठकमा प्रस्ताव गरेको उक्त पुस्तकमा लेखिएको छ ।

नेता नेपालले भारतीय वामपन्थी केही नेताहरुसंग बाहेक एमालेको अरु कसैसंग सम्बन्ध नरहेको उनको दावी छ । ०५१ साल अघिसम्म एमालेलाई भारतले नपत्याउने गरेको भन्दै उनले भारतीय सरकार र सेनासंग समन्वय भन्नु गलत भएको दाबी गरे ।

नेता नेपालले मदन भण्डारीसंग पञ्चायतको विरुद्धमा जानुपर्छ भन्ने कुरा भने भएको बताए । त्यही सहमति अनुरुप बारा जिल्लामा भाटा बोकेर हिड्ने काम भएको उनले बताए ।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्