चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


 


काठमाडौं, फागुन १

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।

आइतबारको मन्त्रिपरिषद् बैठकले तेस्रो बरियतामा रहेका डिआइजी चन्दलाई प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।
शुक्रबार अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई अादेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटको सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चले रिट निवेदक र सरकारलाई छलफलका लागि बोलाएको छ।

बरियताका क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाल र तेस्रो नम्बरमा रहेका चन्दबीच आइजीपी हुन होडबाजी थियो ।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्