चोरी भएको सत्यार्थीको नोबेल पुरस्कारको डमी भेटियो


 


काठमाण्डौ ,फागुन २

नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको चोरी भएको नोबेल पुरस्कारको डमी प्रहरीले बरामद गरेको छ । दिल्लीको दक्षिणी क्षेत्रमा रहेको सत्यार्थीको घरबाट नोबेल पुरस्कारको डमी अर्थात रेपिल्का र प्रमाणपत्र गएको माघ २५ गते चोरी भएको थियो ।

नोबेल पुरस्कारको डमी र प्रमाणपत्र दुवै बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सत्यार्थीले आफ्ना सक्कली नोबेल पुरस्कार राष्ट्रपति भवनलाई दिएका थिए । भारतमा बालअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत सत्यार्थीले सन् २०१४ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्