लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको छ – घिसिङ



काठमाडौ, फागुन ४

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने गरेका डरलाग्दा खेलहरु समाप्त भएको दाबी गरेका छन् । राजधानीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपाली जनताले अब सकेसम्म लोडसेडिङको मार खेप्नु नपर्ने तर्फ आफूहरु लागिपरेको बताए ।

केही समयभित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्दै घिसिङले काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न लागि परेको जानकारी समेत गराए । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अव लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News