सत्तामा पुगे भन्दै विपक्षीलाई समाप्त गर्ने सोच राख्नु हुँदैन: पूर्वप्रधानमन्त्री कार्की



काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारलाई विपक्षी दलहरुलाई निषेध गर्ने दिशामा नजान सुझाव दिएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता पक्षले आफू शक्तिमा रहँदा अर्को पक्षलाई समाप्त गर्ने सोच राख्न नहुने बताएकी हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई विगतको अनुभव र इतिहासलाई मनन गर्न सुझाव दिँदै उनले भनिन्- ‘आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन।’

प्रधानमन्त्री वालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न उनले सुझाव दिइन् ।

उनले थप भनिन्- ‘प्रतिपक्षले सरकारका त्रुटि देखाउनु स्वाभाविक हो, तर त्यो सभ्य भाषामा मार्गनिर्देशन हुनुपर्छ।’

उनले लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा र आलोचना स्वाभाविक हुने धारणा राखिन् ।

साथै, पुराना नेताहरू पनि सधैं पदमा नरहने भएकाले सरकारको आलोचना गर्दा सभ्य र रचनात्मक शैली अपनाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्