सुनकाण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई थप दश दिन हिरासतमै राखिने



काठमाडौ, फागुन ८

सुनकाण्डमा पक्राउ परी प्रहरी हिरासतमा राखिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) श्याम खत्रीलाई थप दश दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो सीआईबीको हिरासतमा रहेका खत्रीलाई यसअघि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन र दश दिन गरी म्याद थप गरेकोमा आज थप दश दिन म्याद दिएको हो ।

उक्त अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय मागेकोमा अदालतले दश दिन समय दिएको हो । गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् । विमानस्थलमार्फत् सुन भित्र्याउन तस्करहरुलाई सघाएको आरोप खत्रीलाई लगाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले खत्रीलाई माघ २३ गते प्रहरी मूख्यालय नक्सालबाटै पक्राउ गरेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News