कार बम विष्फोट, ३४ जना मारिए



एजेन्सी, फागुन ९

सोमालियाको राजधानी मोगादिशुमा कार बम विष्फोट गराई ३४ जनाको हत्या गरिएको छ । शहरको दक्षिणी मदिना जिल्लामा गराइएको उक्त घटनामा अरु ५० जना घाइते भएका छन् । यसै महिना गरिएको राष्ट्रपति निर्वाचनपछि भएको यो ठूलो विष्फोटको घटना हो । बम पसल र खानाको स्टल राखिएको क्षेत्रमा गराइएको बताइएको छ ।

विष्फोटको जिम्मेवारी कुनै समूहले नलिए पनि अल शबाब लडाकूले गराएको हुनसक्ने आशंका गरिएको छ । नव निर्वाचित राष्ट्रपतिलाई सघाउनेहरु सबै निशानामा पर्ने चेतावनी उक्त समूहले दिइरहेको छ । राष्ट्रपति मोहम्मद अब्दुल्लाही मोहम्मदले भने घटना गारउनेबारेको सूचना दिनेलाई एक लाख डलरको पुरस्कार दिइने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News