मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसियो



काठमाण्डौ, फागनु १०

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका भाइ किम जोङ नामको मलेसियामा हत्या भएपछि मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसिएको छ । उत्तर कोरियाले नामको हत्यामा मलेसियाको हात रहेको आरोप लगाएपछि रुष्ट बनेको मलेसियाले उत्तर कोरियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने उत्तर कोरियाली राजदूतलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

मलेसियाले उत्तर कोरियाले झुठो तथा अफवाहको भरमा आरोप लगाएको बताएको छ । मलेसियाली प्रहरीले भने एयरपोर्टमा आफ्नो फ्लाइटका लागि पर्खिरहेका बेला नामलाई बिष खुवाइएको हुन सक्ने आशंका गरेको छ ।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा चार जना उत्तर कोरियालीको खोजी गरिरहेको बिबिसीले जनाएको छ । नामको गएको हप्ता मलेसियाको क्वालालम्पुरस्थित विमानस्थलमा हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News