हिमालय एयरलाइन्सकाे काठमाडौं–म्यानमार सिधा उडान सुरु



काठमाडाैं, फागुन १३

हिमालय एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ–म्यानमार–यांगुन सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले शुक्रबारदेखि उडान सुरु गरेसँगै एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र म्यानमारका लागि नेपाली राजदुत सुरेश आचार्य, संस्कृति संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय प्रतिनिधि म्यानमारतर्फ प्रस्थान गरेका छन्।

नेपाली मुलीलाई नेपालको संस्कृतिसँग जोड्ने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले उडान सुरु गरेको भन्दै एयरलाइन्सकी मिडिया संयोजक उज्वला दलीले एयरलाइन्सले सोमबार र शुक्रबार सातामा दुई दिन सिधा उडान गर्ने जानकारी दिइन् ।

एयरलाइन्सले काठमाडौ–याङगोन–काठमाडौं भ्याटबाहेक २९ हजार ६ सय रुपैयाँ तोकेको छ। नेपाल चीनकाे संयुक्त लगानीमा सन् २०१४ अगष्टमा स्थापना भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News