जर्मन चान्सलर मर्केलको उम्मेदवारी औपचारिक रुपमा चयन



बर्लिन (जर्मनी), फागुन १४

जर्मन चान्सलर एन्जेला मर्केलको दल क्रिश्चियन डेमोक्रेट्सले आफ्नो पार्टीको उच्च उम्मेदवारका रुपमा मर्केललाई नै औपचारिक रुपमा छानेको छ ।

सन् २०१७ को सेप्टेम्बरमा हुने संसदीय निर्वाचनमा उहाँलाई औपचारिक उम्मेदवारी दिनका ९५ प्रतिशत प्रतिनिधिको समर्थन मिलेको छ ।

जर्मनीको उत्तरपूर्वी मेकलेनवर्ग–पश्चिमी पोमेरानिया राज्यमा भएको अधिवेशनले शनिबार उहाँलाई अत्यधिक बहुमतका साथ उम्मेदवारी दर्ता गर्न जनादेश दिएको हो ।

मर्केलले सन् १९९० देखि स्ट्रालसन्डबाट निर्वाचनमा भाग लिँदै आउनुभएको छ ।

जर्मन मतसर्भेक्षणमा मर्केलले अनपेक्षित रुपमा यहाँको मध्यपन्थी सोसल डेमोक्रेट्सका उम्मेदवार मार्टिन स्कुल्जसँग कडा प्रतिस्पर्धा हुने जनाएको छ । स्कुल्ज युरोपियन पार्लियामेन्टका पूर्व अध्यक्ष हुनुहुन्छ ।

शनिबारको सम्बोधनमा मर्केलले स्कुल्जका बारेमा केही बोल्नुभएन तर मर्केलले उहाँका पूर्ववर्ती गेरहार्ड स्क्रोइडरले अघि सारेका आर्थिक सुधारका विषयलाई भने प्रशंसा गर्नुभएको थियो ।

स्क्रोइडरद्वारा अघि सारिएका केही आर्थिक पक्षबारे स्कुल्जले आफू नेतृत्वमा पुगेमा संशोधन गर्ने आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News