आत्मघाती हमलामा ४२ जनाको मृत्यु



बेरुत, फागुन १४

सिरियाका प्रमुख दुई ओटा सुरक्षा मुख्यालय नजिकै भएका आत्मघाती हमलामा परी शनिबार ४२ जनाको मृत्यु भएको छ । जेनेभामा भइरहेको शान्ति बार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका छन् ।

“सुरक्षा निकायका दुई ओटा मुख्यालयको वरीपरि छ ओटा विस्फोटन भएका छन्,” सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका निर्देशक रमी अब्देल रहमानले एएफपीसँग जानकारी दिनुभयो ।

घटना भएको ठाउँ होम्स सन् २०१४ को मेदेखि पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको छ । तर पनि बम आक्रमण हुने क्रम भने दोहोरिइरहेको छ । गत वर्षको सुरुमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको थियो ।

पछिल्लो विस्फोटनमा मृत्यु भएकालाई “सहिद” भन्दै सरकारी टेलिभिजनले समवेदना प्रसारण गरिरहेको छ । घटनाको अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News