जेलबाट १३ जना थुनुवा भागे


 


मनिला, फागुन १५

फिलिपिन्सको एउटा जेलमा थुनामा रहेका १३ जना थुनुवा आइतबार जेल तोडेर फरार भएका छन् । फिलिपिन्समा केही समयदेखि यसरी जेल तोडेर भाग्ने शृङ्खला चलिरहेको छ ।

सान फर्नाण्डो सहरमा रहेको जेलबाट उनीहरुले प्रहरीलाई समेत छलेर फरार भएका फिलिपिन्सको लागु औषध नियन्त्रण निकायका प्रवक्ता डेरिक एर्नोल्ड क्यारोनले जानकारी दिनुभयो ।

“घटनाको अनुसन्धान गर्दा यो थाहा भयो की, उनीहरुले धातुको प्रयोग गरी सुरुङ बनाएर त्यहीबाट उनीहरु भागेका देखिएको छ,” उहाँले थप्नुभयो ।

जेलबाट यसरी सामुहिकरुपमा भाग्ने क्रम प्रायजसो भइरहने समस्या हो । जेलहरुको भौतिक तथा सुरक्षा व्यवस्था राम्रोसँग नगरेकाले यस्तो भएको बताइन्छ ।

गत जनवरीमा मात्रै फिलिपिन्सको सवै भन्दा ठूलो जेल तोडेर १५० भन्दा बढी थुनुवा भागेका थिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्