महाअभियोगको अन्तिम सुनुवाईमा पार्क अनुपस्थित हुने



सोल (दक्षिण कोरिया), फागुन १५

दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हे यहाँको संवैधानिक अदालतद्वारा सोमबार गरिने उहाँमाथिको महाअभियोगका विषयमा हुने अन्तिम सुनुवाईमा उपस्थित नहुने बताउनुभएको दक्षिण कोरियाली सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

उक्त अदालतले महाभियोग लगाइएका दक्षिण कोरियाली नेतालाई प्रतिवादीका रुपमा अन्तिम बचाउका लागि उपस्थित हुने वा नहुने विषयमा जानकारी दिन आइतबारसम्मको समय दिएको थियो ।

सन् २०१६ को डिसेम्बर ९ मा दक्षिण कोरियाली संसदले राष्ट्रपति हे विरुद्ध महाअभियोग विधेयक पास गरेको थियो । सो विषय अहिले अदालतमा विचाराधिन अवस्थामा छ ।

अदालतले मार्च १३ को आसपासमा उहाँको महाअभियोग विधेयकका सम्बन्धमा अन्तिम फैसला दिने अपेक्षा गरिएको छ । स्मरणीय कुरा के छ भने मार्च १३ मा नै यहाँका कार्यवाहक प्रधानन्यायाधीशले अवकाश पाउँदै हुनुहुन्छ ।

महाअभियोगसम्बन्धी प्रस्ताव सदर हुनका लागि सर्वोच्च अदालतका बाँकी आठ न्यायाधीशमध्ये छ जनाले समर्थन गर्नुपर्ने हुन्छ । समाचारमा जनाइएअनुसार थप एक न्यायाधीशको अवकाशले अदालतको फैसलाको वैधतामा ‘खतरा’ हुने देखिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News