ट्रम्पको प्रस्तावमा अमेरिकामा रक्षा बजेट १० प्रतिशतले बढाइने



एजेन्सी, फागुन १७

अमेरिकाले रक्षा बजेट बढाउने भएको छ । सन् २०१८ का लागि प्रस्तावित बजेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामा ५४ अर्ब डलर अर्थात झण्डै १० प्रतिशत रकम बढाउने तयारी गरेका छन् । वैदेशिक सहायता, पर्यावरणीय सुरक्षाका लागि गरिने खर्चसहित अरु क्षेत्रको बजेट कटौती गरेर रक्षामा खर्च बढाउन ट्रम्पले प्रस्ताव गरेका छन् ।

बढाइएको बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित रहने ट्रम्पको भनाइ छ । सरकारी निकायसँगको परामर्शपछि ट्रम्पले आउँदो मे मा कंग्रेसमा बजेट प्रस्ताव पेश गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अमेरिकाको रक्षा बजेट वार्षिक ६ सय ३ अर्ब डलर छ । सन् २०१२ देखि लगातार रक्षा खर्च कटौती हुँदै आएको अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि भने बजेट बढाउने तयारी गरिएको हो ।

उनले पूर्वाधार विकासमा पनि खर्च बढाउने बताउँदै आएका छन् । ट्रम्पको आधारभूत आर्थिक योजनाका कारण अमेरिकी शेयर बजार लगातार बढिरहेको बताइएको छ । १२ दिनदेखि अमेरिकी शेयर बजार कीर्तिमानी स्तरमा पुगेर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News