स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार



कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार साँझ बेलडाँडी गाउँपालिका–३ खैरीखाटमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा बेलडाँडी गाउँपालिका–३ का मिनबहादुर कुँवरका छोरा २ वर्षीय सुशान्त कुँवर रहेका छन्।

बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र०१–००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुल पचुईको बसले बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बस प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार रहेका चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्