सिरियामा प्रतिबन्ध लगाउन खोज्ने पश्चिमी देशविरुद्ध रुस र चीन


 


एजेन्सी, फागुन १८

रासायनिक हतियारको प्रयोग गरेको आरोपमा सिरियामा पश्चिमी देशले लगाउन खोजेको प्रतिबन्धविरुद्ध रुस र चीन उभिएका छन् । संयुक्त राष्ट्र संघमा सिरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध चीन र रुसले भिटो प्रयोग गरेका हुन् ।

संयुक्त राष्ट्र सुरुक्षा परिषदमा सिरियामा लगाउन खोजिएको प्रतिबन्धको विरोधमा रुसले यो सातौँ पटक मतदान गरेको हो । यस्तै चीन पनि सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि पाँच पटक यस्तो प्रस्तावमा विरोधमा उत्रिएको छ ।
रुस र अमेरिकाबिचको सम्झौता अनुरुप सिरियाले सन् २०१३ मा आफ्ना रासायनिक हतियारहरु नष्ट गर्ने सहमति गरेको थियो । पश्चिमी राष्ट्रको मनोमानी विरुद्ध भन्दै रुस सिरियाको पक्षमा देखिएको हो ।
रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले सिरियामाथि लगाउन खोजिएको प्रतिबन्ध कुनै पनि हालतमा सहि नभएको बताएका छन् । यसरी प्रतिबन्ध लगाउँदा शान्ति वार्तामा असर पर्ने पुटिनको भनाई छ ।

संयुक्त राष्ट्र संघमा अमेरिकाले भने चीन र रुसको यस्तो कदमले सिरियाको बचाउ गर्ने र विश्व झनै खतरनाक बन्ने जनाएको थियो । बेलायतले पनि रासायनिक हतियारको प्रयोगविरुद्ध कारबाही गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्