भारतमा नेपाल छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज



काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको सम्बन्धमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका छन् । रुपन्देहीकी लम्सालको ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो ।

उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुर्व्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ ।

सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाइका हुन् ।

सांसद माधव सापकोटाले लम्सालको मृत्युसम्बन्धी घटनाको न्यायोचित छानबिनको माग गरे । उनले यसबारे आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको समेत बताए ।

साथै उनले सरकारलाई उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरे । सांसदहरू मनिष झा, ठाकुर गैरे लगायतले पनि घटनाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही गराउन पहलकदमी लिन आग्रह गरे ।

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्