प्रकृति लम्सालको मृत्यु प्रकरणमा केआईआईटीले माग्यो माफी



काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ।

नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने केआईआईटीले क्षमा याचना पत्र जारी गर्दै माफी मागेको हो।

विश्वविद्यालयका उपकुलपति प्रा.सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरु अत्यन्तै दुखी भएका जनाएका छन्।

उनले क्याम्पससँग सम्बन्धित केही व्यक्तिले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि विश्वविद्यालय परिवार दुःखी भएको बताए। सजायस्वरुप ती कर्मचारीलाई सेवाबाट हटाइएको बताइएको छ ।

उपकुलपति सिंहले नेपाली विद्यार्थीलाई नियमित शैक्षिक कार्यक्रममा सामेल हुन अपील गरेका छन्। विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भनेको थियो।

तर, विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थीहरू आक्रोशित बन्दै उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। त्यस लगत्तै ठूला संख्यामा नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो।

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्