रक्सौल नाका हुँदै केआईआईटीबाट १५९ विद्यार्थी फर्किए



वीरगञ्ज । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत १५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् ।

केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् ।

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्