चमेरोमा भेटियो कोरोनाजस्तै नयाँ भाइरस, कति जोखिम ?
काठमाडौँ, फागुन ११ । चिनियाँ अनुसन्धानकर्ताहरूले चमेरोमा नयाँ कोरोनाभाइरस पत्ता लगाएका छन् । जसले कोभिड–१९ संक्रमण निम्त्याउने सार्स कोभ–२ (SARS CoV-2) भाइरसजस्तै काम गर्छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो भाइरसले मानव शरीरमा प्रवेश गर्न सार्स कोभ–२ ले जस्तै कोष सतह प्रोटिन प्रयोग गर्छ ।
कुनै दिन यो भाइरस मानिसहरूमा पनि फैलिन सक्छ कि भन्ने चिन्ता बढेको छ । तर चिनियाँ अनुसन्धानकर्ताहरूले यो नयाँ भाइरस सार्स कोभ–२ जत्तिकै सजिलै मानव शरीरमा प्रवेश नगर्ने बताएका छन् ।
यो अध्ययन सेल नामक वैज्ञानिक जर्नलमा प्रकाशन भएको छ । यसमा यो नयाँ भाइरसको नाम एकेयू५–कोभ–२ (AKU5-COV-2) भनिएको छ ।
अमेरिकाले कोभिड–१९ भाइरस वुहानको यही प्रयोगशालाबाट उत्पन्न भएको आरोप लगाएको थियो । तर चीन सरकारले यो आरोप अस्वीकार गरेको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार
















