एमाले सांसद पन्तले भने – भारत पढ्न जाने विद्यार्थीलाई पनि एनओसी अनिवार्य गरौं
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारत पढ्न जाने विद्यार्थीहरूलाई एनओसी अनिवार्य गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले विद्यार्थीको सुरक्षाका लागि पनि एनओसी अनिवार्य गर्नुपर्ने बताएका हुन्।
सांसद पन्तले भने,’जसरी अरू देश पढ्न जाने विद्यार्थीलाई एनओसी आवश्यक हुन्छ। यसैगरी भारत पढ्न जाने प्रत्येक विद्यार्थीलाई पनि एनओसी अनिवार्य गरिनुपर्छ ।’
उनले प्रकृति लम्सालको मृत्युपछि नेपाल फर्किएका विद्यार्थीलाई भारतमा पढ्ने वातावरण तत्काल बनाउनुपर्नेमा जोड दिए।
सांसद पन्तले विद्यार्थीहरूलाई भारत फर्काउन सरकारले के-कस्तो काम गरिरहेको छ यसबारे सम्बन्धित मन्त्रीले संसदमा जानकारी गराउन समेत माग गरे।
प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार
















