५.५ म्याग्निच्युडको भूकम्प



अङ्कारा (टर्की), फागुन १९

टर्कीको दक्षिणपूर्वी प्रान्त आदियमानमा बिहीबार ५.५ म्याग्निच्युडको भूकम्प गएको टर्कीको प्राकृतिक प्रकोप तथा सङ्कटकाल व्यवस्थापन अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार २ बजेर ७ मिनेटमा गएको भूकम्पपछि ४.२ र ४.४ म्याग्निच्युडको दुई वटा पराकम्पनसमेत गएको उक्त विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

आदियमानको सामसाट क्षेत्रमा रहेको जमिन सतहदेखि एघार दशमलव तीन किलोमिटर गहिराईमा केन्द्रविन्दू रहेको उक्त कार्यालयले जनाएको छ ।

भूकम्पका कारण भएको क्षतिका बारेमा समाचार सङ्कलन गर्ने समयसम्म क्षतिको कुनै सूचना आइनसकेको टर्की प्रशासनले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News