सिरियाको ऐतिहासिक पाल्माएरा शहर सरकारी सेनाको नियन्त्रणमा



काठमाण्डौ, फागुन २०

सिरियाको सरकारी सेनाले ऐतिहासिक पाल्माएरा शहर आफ्नो नियन्त्रणमा लिएको छ । विद्रोही समूह इस्लामिक स्टेट आइएसको कब्जामा रहेको शहर सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएको हो ।

सरकारी सेनाले प्राचिन र ऐतिहासिक शहर पाल्माएराबाट आइएसलाई लखेटेको दाबी गरेको छ । युनेस्कोको सूचीमा परेको यो पुरातात्विक शहर कब्जामा लिँदै आइएसले केही भाग नष्ट समेत गरेको थियो ।

पाल्माएरामा प्राचिन महत्वका भग्नावशेष रहेको युनेस्कोले जनाएको छ । एक वर्ष अघि पनि रुसी वायु सेनाको सहयोगमा यो शहरबाट सिरियाली सेनाले आइएसलाई लखेटेको थियो  । तर फेरि पछि आइएसले कब्जा जमाएको थियो

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News