स्ववियु निर्वाचन : आज संघ संगठन दर्ता हुँदै



काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावअन्तर्गत सोमबार संघ–संगठन दर्ता हुँदैछ।

चैत पाँच गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ७ बजेदेखि दिउँसो ३ः०० बजेसम्म तय गरिएको छ। बिहान पढाइ हुने ठाउँमा क्याम्पसले आफ्नो अनुकूलताका आधारमा समय तय गरेका छन्।

त्यहाँको निर्वाचन समितिले नै त्यसको व्यवस्थापन गरिरहेको छ। त्रिभुवन विश्वविद्यालयका ६१ वट आंगिक क्याम्पसमा भने दिउँसो ३ः०० बजे संगठन दर्ताको समय तोकिएको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ। फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ।

फागुन २५ गते साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ। फागुन २६ गते बिहान ११ बजे देखि २ः बजेसम्म मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्