भोकमरीका कारण ११० जनाको मृत्यु



काठमाडौं, फागुन २२

सोमालियामा भोकमरीका कारण एक सय १० जनाको मृत्यु भएको छ । प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १० जनाको मृत्यु भएको पुष्टि गरे । दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण मृत्यु भएको हो ।

तर खडेरी र भोकमरीको चपेटामा परेका अन्य ठाउँका मानिसको अवस्था भने थाहा नभएको बिबिसीले जनाएको छ । सोमालियामा खडेरीका कारण भोकमरीको संकट बढ्दै गएको छ । अहिले सोमालियाका झण्डै ३० लाख मानिसले खाद्य संकट भोगिरहेका छन् । सोमालियामा सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण दुई लाख ६० हजार भन्दा धेरैको मृत्यु भएको  थियो ।

त्यसअघि सन् १९९२ मा फैलिएको भोकमरीका कारण दुई लाख २० हजार मानिसको ज्यान गएको थियो । सोमालियासहित नाइजेरिया, दक्षिणी सुडान र यमन अहिले भोकमरीको गम्भीर चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले भोकमरीको चपेटामा रहेका मानिसको सहयोगका लागि विश्वसमुदायसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News