स्ववियु निर्वाचन : धमाधम नतिजा आउँदै, नेविसंघ पहिलो
काठमाडौं, चैत ७ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा आइरहेको छ । नजिताअनुसार कांग्रेस निकट नेविसंघ पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा देखिएको छ ।
बिहीबार बिहानसम्म आएको नतिजाअनुसार कांग्रेस निकट नेविसंघ अगाडि देखिएको छ । नेविसंघले १०९ क्याम्पसको नेतृत्व जितेको छ भने एमाले निकट अनेरास्ववियुले ९१ क्याम्पसमा जितेको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ८१ क्याम्पसमा जित हासिल गरेको बताएको छ ।
नेविसंघले काठमाडौंका ४ वटा आंगिकसहित १०९ आंगिक र सामुदायिक क्याम्पसमा जितेको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।
यस्तै अनेरास्ववियुले काठमाडौंका तीनवटासहित ११ वटा आंगिक क्याम्पससहित ९१ क्याम्पस जितेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार
















