त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ।
चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको स्ववियु निर्वाचन चैत १३ गते हुने भएको हो ।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ।
चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। स्ववियु चुनाव मिति तय गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो।
नेविसंघबाट स्ववियु अध्यक्ष उम्मेदवार गोविन्द कोइरालालगायतले स्ववियु चुनाव सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका थिए।
प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार
















