उत्तर कोरियाद्धारा गरेको मिसाइल परीक्षण जापनको समुद्रमा खस्यो


 


काठमाडौं, फागुन २३

उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । उत्तर कोरियाले परीक्षण गरेको मिसाइल जापानको समुद्रमा खसेको र मिसाइलका बारेमा विस्तृत केही जानकारी नआएको दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

चीनसँग सीमा जोडिएको तोङच्याङ–री क्षेत्रबाट गएको सोमबार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । गएको महिना उत्तर कोरियाले नेता किम जोङ–उनको उपस्थितिमा नयाँ प्रकारको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर उसले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
गएको महिना भएको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया तथा जापानले निन्दा गरेका थिए ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्