स्ववियु निर्वाचन माग गर्दै पाटनमा अखिल क्रान्तिकारीले थाल्यो रिले अनसन
काठमाडौं । स्ववियु निर्वाचन गराउन माग गर्दै पाटन क्याम्पसमा अखिल क्रान्तिकारीले रिले अनसन थालेको छ ।
अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एवं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री रिले अनसनमा बसेका हुन् ।
निष्पक्ष एवं धाँधलीरहित स्ववियु निर्वाचनको ग्यारेन्टी गर , शान्ति सुरक्षा कायम गर , तत्काल स्ववियु निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने खत्रीको माग छ।
पाटन क्याम्पसमा चैत ५ गते मतदान भइरहेका बेला नक्कली मतदाता देखिएको भन्दै विवाद सुरु भएपछि मतदान नै स्थगित गरिएको थियो ।
प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
















