आँशु हत्या प्रकरण : प्रहरी फेरि लखेटिए, ‘अश्रुग्यास’ प्रहार !



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीका १९ वर्षीय आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै आज पनि आन्दोलन भइरहेको छ ।

आइतबार बिहानैदेखि मृतक आँशुका आफन्त र बिन्धीबासीले जनकपुरधाम-जलेश्वर बाटो अवरुद्ध गरेर आन्दोलन गरेका हुन् । तर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी बाटो खुलाउने प्रयास गरिएको थियो ।

त्यहीँ बेला स्थानीयले ढुङ्गामुढा गरी प्रहरीलाई लखेटेका छन् । स्थानीयले ढुङ्गामुङ्गा गरेपछि प्रहरी अश्रुग्यास फायर गरेका छन् ।
आन्दोलनकारी र प्रहरीबिच भएको झडपमा परी आधा दर्जश प्रहरी घाइते भएका छन् । अहिले स्थानीयले बाटो अवरुद्ध गरेका छन् । सयौँ संख्यामा प्रहरी परिचालन गरेका छन् ।

हत्यामा संलग्न एक जनालाई प्रहरीले घटना स्थलबाटै पक्राउ गरेपनि अन्य ६ जनालाई पक्राउ नगरेको भन्दै उनीहरू सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

गत फागुन २ गते होलीका दिन रंगअविर खेल्ने क्रममा अंशुलाई स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गरी उनको हत्या गरेको आरोप छ ।

प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्