यी ६ देशका नागरिकलाई नयाँ भिसा नदिनु – ट्रम्प



एजेन्सी,  फागुन २४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गरेका छन् । राष्ट्रपति ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र ओमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गरेका हुन् । तर यसअघि भिसा वा ग्रिन कार्ड लिइसकेका ती देशका नागरिकमाथि भने रोक लगाइएको छैन ।

गत जनवरीमा जारी गरिएका आदेशमा यो सूचीमा इराकलाई राखिएको भए पनि अहिले भने छैन । राष्ट्रपतिले जारी गरेको नयाँ आदेश यही मार्च १६ देखि लागू हुने बताइएको छ । यो आदेश ९० दिनका लागि जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News