सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने



काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने भएको छ ।

शिक्षक–कर्मचारीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो ।

आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ । देशभरका शिक्षकहरुले २० चैतदेखि काठमाडौंमा भेला आएर आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्