शिक्षकका माग पूरा गर्न सांसद शाहीको माग, भने – सरकारमा बसेर उखान टुक्का नहानौं



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रमुख सचेतक शाहीले सो कुरा बताएका हुन् । उनले विशेष अधिवेशन बोलाएर संसद्‌बाट शिक्षा विधेयक पारित गर्न सरकारलाई अनुरोध गरेका छन्।

प्रमुख सचेतक शाहीले भने,’सडकमा आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्ने शिक्षा विधेयकले हो । अहिले संसद् बन्द छ, त्यसैले सरकारलाई अनुरोध गर्दछौं संसद्‌को विशेष अधिवेशन बोलाऊ र शिक्षा विधेयक संसद्‌बाट पास गरौं ।सरकारमा बसेर उखान टुक्का नहानौं ! शिक्षकहरूको माग पूरा गरौं।’

विभिन्न माग राखेर शिक्षकहरू चैत २० गतेदेखि आन्दोलरत छन् ।

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्