विष्णु रिजाल भन्छन् – आदरणीय गुरुजन ! अब अति भएन र ?
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले सरकारका कुरा सुन्न आग्रह गरेका हुन् । उनले सरकारले बोलाइरहेको हुनाले सरकारको कुरा सुन्न आग्रह गरे ।
रिजालले मन्त्रिपरिषद्ले माग पूरा गर्ने निर्णय गरेको र संसद् बैठक पनि बोलाइसकेको बताए ।
उनले लेखेका छन्, ‘आदरणीय गुरुजन ! सरकारका कुरा सुन्नुहोस्, सरकारले बेलाइरहेको छ। मन्त्रिपरिषद्ले माग पूरा गर्ने निर्णय गरेको छ, संसद् बोलाइसकेको छ। तपाईंहरूका समस्या छन्, बसेर समाधान पनि तपाईंहरू नै दिनुहोस्। अब अति भएन र ? कति दिनसम्म दुःख पाउनुहुन्छ ?’
प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार
















