Deshko News
९ आश्विन २०८०, मंगलबार

ट्रम्पको आदेशविरुद्ध अमेरिकाकै ६ राज्यद्वारा अदालतमा मुद्दा दायर



एजेन्सी, फागुन २७

अमेरिकाका ६ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धि कार्यकारी आदेशविरुद्ध मुद्दा दायर गरेका छन् ।

राष्ट्रपतिको आदेशविरुद्ध हवाई, मिनेसोटा, ओरिगन, मासाचुसेट्टस, वाशिंगटन र न्यूयोर्क राज्यले संघीय अदालतमा मुद्दा हालेका हुन् । ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने आदेश जारी गरेका छन् ।

ट्रम्पको पछिल्लो आदेश यही मार्च १६ देखि लागू हुनेछ । यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै गत जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका थिए ।

तर त्यो आदेश संघीय अदालतको अवरोधले गर्दा कार्यान्वयन हुन नसकेपछि ट्रम्पले प्रतिबन्धित देशको सूचिबाट इराकलाई हटाएर नयाँ आदेश जारी गरेका हुन् ।

पछिल्लो आदेश पनि मुस्लिममाथिकै प्रतिबन्ध रहेको भन्दै विरोध भएको हो । अमेरिकामा सुरक्षा खतरा बढ्ने भएकाले ६ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको ट्रम्प प्रशासनको जिकीर छ ।

ह्वाइट हाउस प्रशासन भने पछिल्लो कार्यकारी आदेशसम्बन्धि मुद्दामा आफ्नो पक्षमा फैसला हुने विश्वासमा छ । ट्रम्पको आदेशमा सबै शरणार्थीमाथि ३ महिना अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइने उल्लेख छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News