टर्की र नेदरल्यान्डसबीच तनाव



एजेन्सी, फागुन २९

टर्की र नेदरल्याण्डसबीच कुटनीतिक तनाब थप चुलिएको छ । डच दंगा प्रहरी र टर्कीस प्रदर्शनकारीबीच रोट्टरड्याममा व्यापक झडपसमेत भएको छ । नेदरल्याण्डस्ले टर्कीस मन्त्री फत्मा बेतुल सायान कायालाई रोट्टरड्याममा सम्बोधन गर्न रोक लगाई जर्मनीको सीमामा पठाइएपछि झडप भएको हो ।

मन्त्री काया रोकपछि इस्तानबुल फर्किएको बताइएको छ । टर्कीमा राष्ट्रपतिको शक्ति बढाउने विषयमा अप्रिल १६ मा जनमत संग्रह हुँदैछ । यसै विषयलाई लिएर नेदरल्याण्डसमा बसिरहेका टर्कीसको समर्थन जुटाउन ¥याली आयोजना गरिएको छ । र्‍यालीमा टर्कीस मन्त्री कायाले सम्बोधन गर्ने कार्यक्रम थियो ।

यस्ता र्‍यालीले नेदरल्याण्डस्मा हुन लागेको आमचुनाव अघि तनाब बढाउने डच सरकारको तर्क छ । यसअघि पनि टर्कीका विदेशमन्त्री मेभलुट च्याभुशोलुले नेदरल्याण्डसमा सम्बोधन गर्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै कार्यक्रम रद्द गरिएको थियो । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले डच सरकारलाई नाजीहरुको अवशेष र फासीवादी भनी आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News