इजराइली आक्रमणबाट गाजामा पत्रकारसहित कम्तिमा ३० जनाको मृत्यु
काठमाडौं । इजराइली हवाइ आक्रमणमा गाजामा एक पत्रकारसहित कम्तिमा ३० जना मारिएका छन् ।
आइतबार गाजापट्टिको जबालिया क्षेत्रमा इजराइलले गरेको हवाई आक्रमणमा परी एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारीसहित कम्तीमा ३० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ ।
सन् २०२३ को अक्टोबर ७ यता गाजामा २२० जना पत्रकारहरू इजराइली हमलामा मारिएको तथ्यांक छ ।
इजराइलको हवाई हमलापश्चात अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले विज्ञप्ती जारी गर्दै आफ्ना दुई अधिकारी मारिएको बताएको छ ।
उसले गाजामा ठूलो संख्यामा नागरिकहरू मारिएको र यस्तो अवस्थालाई अन्त्य गर्न तत्काल युद्धविराको विकल्प नरहेको बताएको छ । इजराइलले गाजापट्टिको ७७ प्रतिशत भूभाग सेनाले कब्जा गरेको बताइएको छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार
















