सुनको मूल्य बढ्यो, चाँदी घट्यो



काठमाडौं, जेठ १६ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोलाको १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्