बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेर एक लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ ।

हिजो सोमबार (जेठ १९) छापावाल सुनको प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ ।

हिजो सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्