आईसिएफसि फाइनान्स नेशनल कार्ड स्विच तथा नेपालय कार्डमा आवद्ध
ठमाडौं । आईसिएफसि फाइनान्स र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालय कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
एनसीएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम NPS–NCS / NEPALPAY Card इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु NPS–NCS / NEPALPAY Card ऋबचममा आवद्ध भइरहेका छन् ।
पूर्वाधारको कमर्सियल रोलआउट पश्चातआई. सि. एफ. सि.फाइनान्सले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथाअक्वायर गर्न सक्नेछन् ।
ल्एक्–ल्ऋक्लाई विभिन्न कार्ड स्विचहरुबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापनागरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चातडोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चितगर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढिगैर–बैंकिङ्गसदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवाप्रदानगर्दै आएको छ । ल्एक्–ल्ऋक्र ल्भ्एब्ीएब्थ् ऋबचमको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थपउचाँईमा पु¥याउने अपेक्षागरिएको छ ।
नेपालका अग्रणी फाइनान्सहरुमध्येको आई. सि. एफ. सि. फाइनान्सले देशभरी रहेका २१वटा शाखातथा १८एटीएम टर्मिनलमार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार
















