राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार
एजेन्सी । दक्षिण अमेरिकी देश कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको छ । घटनापछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको छ । उनको अवस्था अझै पनि गम्भीर छ ।
उरिबेले राजधानी बोगोटामा एक ¥यालीलाई सम्बोधन गर्दै थिए । कोलम्बियामा २०२६ मा राष्ट्रपति चुनाव हुँदैछ । मिगुएल उरिबेलाई राष्ट्रपति पदको प्रमुख दावेदार मानिन्छ । ३९ वर्षीय उरिबे विपक्षी डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन्।
बोगोटाका मेयर कार्लोस गालानले आक्रमण शहरको फन्टीबोन क्षेत्रमा भएको बताए । उरिबेको अवस्थाका कारण शहरभरका अस्पतालहरूलाई सतर्क गराइएको छ ।
प्रहरीले घटनास्थलबाट आक्रमणकारीलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार
















