सुन तोलामा तीन हजारले घट्यो, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज भने तीन हजार रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्