महाराष्ट्रमा रेलबाट खस्दा चार जनाको मृत्यु, ९ घाइते
काठमाडौँ, जेठ २७ । भारतको महाराष्ट्र राज्यमा रेलबाट खस्दा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खसेका हुन् । उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो ।
रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू एकअर्कासँग नजिकैबाट गुडिरहेकै समयमा दुवै रेलका ढोकामा झुण्डिएर यात्रा गरिरहेका यात्रुहरू आपसमा ठोक्किएका थिए, जसका कारण केही यात्रु रेलबाट खसेका थिए ।
प्रशासनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराखी राहत तथा उद्धार कार्यमा तिव्रता दिएको छ । साथै, घटनाबारे विस्तृत छानबिन सुरु भइसकेको जानकारी दिइएको छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार
















