सुनचाँदीको मूल्य सामान्य बढ्यो



काठमाडौं । मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदीमा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोला सुनको मूल्य एक लाख ९१ हजार ३०० रुपैयाँ र चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्