एयर इन्डिया विमान दुर्घटना : २ सय ४१ जनाको मृत्यु पुष्टि
काठमाडौं । अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई १७१ बिहिबार दिउँसो दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
एयर इन्डियाका अनुसार बोइङ ७८७–८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको थियो। उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो ।
विमानमा सवार कुल २ सय ४२ जनामध्ये २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले एक्समार्फत जनाएको छ। एक जना भारतीय मुलका बेलायती नागरिक मात्रै जीवित रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
मृत्यु हुने यात्रुहरूमा १ सय ६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानेडियन नागरिक रहेको एयर इन्डियाले जनाएको छ ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार
















