इजरायलमा इरानको जवाफी आक्रमण, एक जनाको मृत्यु
जेरूसेलम । इरानले इजरायलमाथि जवाफी आक्रमण गरेको छ । इरानले शुक्रबार राति इजरायलमाथि मध्यरातमा ब्यालेस्टिक मिसाइल हानेको हो । त्यसअघि सयभन्दा धेरै ड्रोन आक्रमण गरेको गरेको थियो ।
इरानले पहिलो चरणको जवाफी कारबाहीमा ब्यालेस्टिक मिसाइलले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको समाचारमा बताइएको छ । इरानबाट हानिएको मिसाइल आक्रमणमा अन्य ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
इरानको जवाफी कारबाहीपछि आइडीएफले (इजरायली रक्षा बल) नागरिकहरूलाई तोकिएको सेल्टरमा बस्न आग्रह गरेको छ । आइडीएफले इरानबाट सयौं रकेट इजरायलतर्फ हानिएको जनाएको छ ।
आइडीएफले केही मिसाइलहरू इन्टरसेप्ट गरिएको जनाए पनि कति वटा रोकिए भन्ने खुलाएको छैन ।
आईडीएफ होम फ्रन्ट कमाण्डले इरानको तेस्रो ब्यालेस्टिक मिसाइल आक्रमणपछि नागरिकहरूलाई सेल्टरमा जान अनुमति दिएको छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार
















