अमेरिकामा भिषण हिमआँधी



एजेन्सी, चैत २

स्टेला आँधीले ल्याएको हिमपातका कारण अमेरिकाको न्युयोर्क र न्युजर्सीमा संकटकाल घोषणा गरिएको छ । त्यहाँको मौसम विभागले भारी हिमपातले मैन, पेनसिल्भानिया, न्युयोर्क, न्युजर्सीका अधिकांश क्षेत्रमा असर पुर्याउन सक्ने चेतावनी दिएको छ ।

हिमपातका कारण विद्यालयहरु बन्द छन् भने हजारौं हवाइ उडान बन्द भएका छन् । हिमपातकै कारण हिजो हुने भनिएको जर्मन चान्सलर एन्जेला मर्केलको अमेरिका भ्रमण पनि शुक्रबारको लागि सारिएको बिबिसीले जनाएको छ ।

१०० किलोमिटर प्रतिघण्टा गतिको हावाहुरीसँगै आएको आँधीका कारण उत्तरपूर्वी अमेरिकामा ठूलो क्षति पुग्न सक्ने मौसमविदरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News